ad ad

समाज


व्यापारीलाई धम्क्याएको आरोपमा काठमाडाैंबाट विप्लवका तीन कार्यकर्ता पक्राउ

व्यापारीलाई धम्क्याएको आरोपमा काठमाडाैंबाट विप्लवका तीन कार्यकर्ता पक्राउ

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ११:२६,

प्रतिबन्धित नेकपा (विप्लप समूह) का तीन कार्यकर्ता काठमाडौंबाट पक्राउ परेका छन्।

काठमाडाैं उपत्यका लगायतका बिभिन्न स्थानमा व्यवसायीहरुलाई फोन गरी चन्दा मागेको र धाक धम्की दिएको प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेहरुमा दोलखाको तामाकोशी गाउँपालिका–४ घर भई हाल बनस्थली बस्ने पूर्णबहादुर श्रेष्ठ (४३ वर्ष), ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० घर भइ हाल इमाडोल बस्ने नारनबहादुर तोलाङ्गी (४१ वर्ष) र दोलखाको भिमेश्वर गाउँपालिका–६ घर भइ हाल स्वयम्भू बस्ने सरोजप्रसाद ‍न्यौपाने (३५ वर्ष) रहेका छन्।

प्रहरीका अनुसार उनीहरुले व्यवसायीसँग चन्दा माग गर्ने र भौतिक कारबाहीसमेत गर्ने धम्की दिने गरेका थिए।

अपराध महाशाखको टोलीले विशेष सूचनाको आधारमा बनस्थली र सुकेधाराबाट पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .