ad ad

समाज


सासुलाई बोक्सी भनेर कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ

सासुलाई बोक्सी भनेर कुटपिट गरी हत्या गरेको आरोपमा बुहारी पक्राउ

शैलेन्द्र महतो
पुस १२, २०७७ आइतबार १६:२६,

सिराहामा आफ्नै सासुको हत्या आरोपमा एकजना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–३ की ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ।

आफ्नै सासु ८५ वर्षीया सुदामादेवीलाई बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले बुहारी मञ्जुदेवीलाई पक्राउ गरेको हो। घटना पश्चात फरार रहेकी मञ्जुलाई प्रहरीले दुई महिना पश्चात पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मिर्चेयाबाट खटेको प्रहरी टोलीले मन्जुलाई कर्जन्हा ३ स्थित उनकै घरबाट आइतबार पक्राउ गरेको सिराहा प्रहरी प्रबक्ता शालिग्राम शर्माले जानकारी दिए। उनका अनुसार आइतबार नै पक्राउ परेकी मन्जुलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको थियो।

गएको कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गरी मलमुत्र खुवाउने प्रसाय गर्दा सुदामादेवी गम्भीर घाइते भएकी थिइन्।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार पश्चात घर फर्केकी थिइन्। घरमा पुनः स्वास्थ्य अवस्था खराब हुँदा कात्तिक १५ गते सिराहा जिल्ला अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

प्रहरीले घटना लगतै छोरा रामअवतारलाई नियन्त्रणमा लिएको थियो भने बुहारी मन्जु भने फरार भएकी थिइन्।

९० वर्षीया आमालाई आफ्नै छोराले लगाए बोक्सीको आरोप, दिसा खुवाउनै लाग्दा प्रहरीको हस्तक्षेप

बोक्सीको आरोपमा छोराद्वारा ९० वर्षीया आमाको हत्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .