ad ad

समाज


महोत्तरीको सम्सी गाउँपालिका कार्यालयलाई विकासे बजेट खर्च नगर्न आदलतको आदेश

महोत्तरीको सम्सी गाउँपालिका कार्यालयलाई विकासे बजेट खर्च नगर्न आदलतको आदेश

शैलेन्द्र महतो
पुस १४, २०७७ मंगलबार १४:४७,

उच्च अदालत जनकपुरले महोत्तरीको सम्सी गाउँपालिकाको विकास बजेट तत्काल खर्च नगर्न आदेश दिएको छ। स्थानीय रामकिशोर यादव समेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार उच्च अदालतले गाउँसभा कानुनसम्मत नभएकाले विकासे बजेट तत्काल खर्च नगर्न आदेश दिएको हो।

न्यायाधीश प्रकाशचन्द्र गजुरेल र न्यायाधीश सकुन्तला घिमिरेको संयुक्त इजलाशले यस्तो आदेश दिएको हो। स्थानीय सरकार संचालन ऐन २०७४ को कार्यविधि पुरा नगरी गाउँसभा भएको देखिएकाले सो सभाबाट पारित निर्णयहरु तत्काल कार्यान्वयन नगर्न आदेशमा उल्लेख छ।

गाउँपालिका कार्यालयबाट प्रदान गरिने कर्मचारीको तलबभत्ता, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्यकर्मीको प्रोत्साहन भत्ता, सुत्केरी भत्ता, दैनिक प्रशासनिक कार्यका लागि आवश्यक बजेट बाहेक गाउँसभाबाट पारित गरिएका निर्णयहरु रिट निवेदनको अन्तिम आदेश नहुँदासम्मका लागि कार्यान्वयन नगर्नु नगराउनु भन्ने आदेश दिएको छ।

गएको असोज २८ गते सम्सी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को गाउँसभा सम्पन्न भएको थियो। समयमै गाउँसभा हुने मिति, स्थान र समय प्रक्रिया अनुसार सूचना प्रकाशित तथा गाउँसभाका सदस्यहरुलाई पूर्व जानकारी नदिएको भन्दै रिट परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .