ad ad

समाज


दक्षिण एसिया भित्रियो कोरोनाको नयाँ प्रकार, भारत र पाकिस्तानमा भेटिए संक्रमित

दक्षिण एसिया भित्रियो कोरोनाको नयाँ प्रकार, भारत र पाकिस्तानमा भेटिए संक्रमित

नेपालखबर
पुस १४, २०७७ मंगलबार १४:५६,

मंगलबार भारतमा ६ जनामा र पाकिस्तानमा ३ जनामा कोरोना भाइरसको नयाँ प्रकार देखिएको बीबीसीले जनाएको छ।

भारत र पाकिस्तान दुवैमा बेलायतबाट हालै फर्किएका व्यक्तिहरुमा नयाँ कोरोनाको संक्रमण देखिएको बताइएको छ।

गत नोभेम्बर २५ देखि डिसेम्बर २४ सम्ममा बेलायतबाट ३३ हजार यात्रुहरु भारत फर्किएका छन्। त्यसकारण कोरोना भाइरसको नयाँ प्रकार भारतका विभिन्न स्थानमा फैलिएको हुनसक्ने आशंका गरिएको छ।

सो अवधिमा भारतमा फर्किनेमध्ये ११४ मा हालसम्म कोरोना देखिएको छ। हाल भारतमा नयाँ कोरोनाबाट संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा भिन्दाभिन्दै राखिएको छ।

यस्तै पाकिस्तानको सिन्ध प्रान्तको कराँचीमा आज नयाँ कोरोना भाइरसको प्रकार फेला परेको जनाइएको छ।

हालसम्म नयाँ कोरोना भाइरसको प्रकार २० देशमा देखिएको छ। अधिकाँश युरोपेली देशमा यस प्रकारको भाइरस देखा परेको छ।

नयाँ प्रकारको भाइरस देखिएपछि भारत, पाकिस्तानसहित विभिन्न देशले बेलायतमा भ्रमण प्रतिबन्धको घोषणा गरेका छन्।

यस भाइरस पहिलेभन्दा ७० प्रतिशत बढी संक्रामक भएको बताइएको छ। जापानले त नयाँ भाइरसको खतरा मध्यनजर गर्दै सबै देशबाट तत्कालका लागि भ्रमण प्रतिबन्ध लगाएको छ।

विज्ञहरु माझ यो भाइरसको विषयलाई विविध मत छ। केहीले यो खतरनाक भनिरहेका छन्, केहीले यो खतरनाक छैन भनिरहेका छन्।

यद्यपी कोरोनाविरद्धको नियमलाई कडा रुपमा पालना गरिनुपर्नेमा विज्ञहरुको एकमत छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .