ad ad

समाज


टिपरको ठक्करबाट टोखामा एक किशोरको मृत्यु

टिपरको ठक्करबाट टोखामा एक किशोरको मृत्यु

नेपालखबर
माघ ९, २०७७ शुक्रबार २:३४,

काठमाडौंको टोखामा टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ।

टोखा नगरपालिका ३ मा बा ४ ख ३१०७ नम्बरको टिपरले ठक्कर दिँदा बागमती प्रदेश ०२–०२२ प २०४२ नम्बरको मोटरसाइकलमा सवार १७ वर्षीय सञ्जीव महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंको गोङ्गबु घर भएका महर्जनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते महर्जनलाई उपचारको लागि तत्कालै शिक्षण अस्पताल पुर्याइएको थियो।

दुर्घटनापछि टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .