ad ad

समाज


बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

नेपालखबर
माघ १२, २०७७ सोमबार १४:१३,

बेनीघाट रोराङ गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको बाँदरेमोडमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ०–३–०–१००३ क ५३२५ नम्बरको बोलेरो र विपरीत दिशाबाट मुग्लिङतर्फ जाँदै गरेको बा८४प १५७१ नम्बरको मोटरसाइकल दिउँसो ३ः०० बजे एकापसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार काठमाडौँ गुर्जुधारा निवासी पुजन खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

घटनापछि बलेरो चालकलाई प्रहरीले पक्राउ गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .