ad ad

समाज


डेरामा बस्ने किशोरीलाई बलात्कार प्रयास, घरबेटी पक्राउ

डेरामा बस्ने किशोरीलाई बलात्कार प्रयास, घरबेटी पक्राउ

गोकुल जोशी
माघ १४, २०७७ बुधबार ३:२८,

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आफ्नै घरमा डेरा गरी बस्ने किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा घरबेटी पक्राउ परेका छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका अनुसार डेरावाल १७ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा भीमदत्त नगरपालिका–३ का घरधनी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको हो।

किशोरीका भाइ कोठामा नभएका बेला गत माघ १२ गते राति घरबेटी जोशीले किशोरीलाई बलात्कार प्रयास गरेको आरोप छ।

‘किशोरीको जाहेरीपछि अनुसन्धानका लागि घरबेटीलाई नियन्त्रणमा लिएका छौं, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले नेपालखबरसँग भने, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .