ad ad

समाज


‘सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन’

‘सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीको टल्कने कोन’

नेपालखबर
माघ १४, २०७७ बुधबार ११:४,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानीय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ।

महाशाखाले काठमाडौं उपत्यको चक्रपथ तथा चक्रपथ बाहिर२६ स्थान र चक्रपथभित्र८ स्थान गरि बढी दुर्घटना हुने३३ स्थानहरु समेत पहिचान गरेको छ।

बढि दुर्घटना हुने ती स्थानहरुका सडकमा बिशेषगरी रातको समयमा सडक बत्ती नहुँदा अध्याँरोको कारण जेब्राक्रसिङ तथा जथाभावी बाटो काट्ने पैदलयात्री र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहेको पाइएको छ। यसरी हुने सडक दुर्घटना कम गर्न महाशाखाले निरन्तर अभियानहरू चलाइरहेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले तीब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने ट्राफिक कोनद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको जानकारी दिए। यस्ता कोनहरू उपत्यकाको विभिन्न सडक खण्डमा ४३० थान राखिएको उनले बताए।

एयरपोर्ट नयाँगेट, कार्गो, तिलगंगा, बालकुमारी, भाटभटेनी ओरालो, बल्खुचोक, सितापम्प, खसिबजार, सितापाईला उकालो, वाफल, सानोभर्याङ, वनस्थली, बबरमहल लगायतका सडकखण्डमा ट्राफिक कोनहरू राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ।

यस अघि पनि महाशाखाले ललितपुर महानगरपालिकासँग समन्वय गरी यही पौष १३ गते बालकुमारी देखी सानेपासम्मका बिभिन्न १३ स्थानमा २०० थान सफ्ट पीभीसी ट्राफिक कोन राखेको थियो।

ति स्थानहरुमा ट्राफिक कोन राख्नुभन्दा १५ दिन अगाडि ४७ वटा दुर्घटनामा परि ३ जनाको मृत्यु र ३१ जना घाईते भएकोमा ट्राफिक कोन र सडक बत्ति जडान पश्चात त्यस क्षेत्रमा २९ वटा दुर्घटनामा १४ जना मानिस घाइते भएको जनाइएको छ।

महाशाखाले त्यस क्षेत्रमा भएका सवारी दुर्घटनाको बिश्लेषण गरी दुर्घटनामा उल्लेख्य कमी आएको जनाउँदै यस प्रकारको अपरेसनल कार्यलाई थप निरन्तरता दिँदै अन्य दुर्घटना सम्भाबित सडकहरुमा समेत राख्दै जाने योजना रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .