ad ad

समाज


कञ्चनपुरमा आन्दोलनकारीबाट पत्रकारमाथि हातपात

कञ्चनपुरमा आन्दोलनकारीबाट पत्रकारमाथि हातपात

गोकुल जोशी
माघ २२, २०७७ बिहिबार ११:१०,

आमहडतालको रिपोर्टिङका क्रममा महेन्द्रनगरमा पत्रकारमाथि हातपात भएको छ।

प्रचण्ड-नेपाल समूहले बिहीवार गरेको आमहडतालको रिपोर्टिङ गरिरहेका पत्रकार मदन गिरीमाथी आन्दोलनकारीले हातपात गरेका हुन्।

आम हडतालको रिपोर्टिङका क्रममा क्रममा पूर्वमन्त्री उर्वादत्त पन्त, ईश्वरी खरेल लगायतको समूहले आफूमाथी हातपात गरेको पत्रकार गिरीले बताए।

‘भारतबाट आएर महेन्द्रनगरमा अलपत्र परेका मानिसहरुसँग कुराकानी गरिरहेको थिएँ, सो क्रममा पूर्वमन्त्री पन्तसहित समूहले एक्कासी आक्रमण गर्यो’ पत्रकार गिरीले भने, ‘पत्रकार हुँ भन्दाभन्दै एक्कासी आएर ममाथि आक्रमण भएको छ।’

रिपोर्टिङका क्रममा आफूमाथि हातपात गर्ने समूहलाई कानूनी दायरामा ल्याउनु पर्ने गिरीको माग छ।

पत्रकार गिरी आर्थिक अभियानका कञ्चनपुर संवाददाता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .