ad ad

समाज


भागरथीको लागि न्याय माग्दै ठाउँ-ठाउँमा प्रदर्शन

भागरथीको लागि न्याय माग्दै ठाउँ-ठाउँमा प्रदर्शन

गोकुल जोशी
माघ २३, २०७७ शुक्रबार ११:१८,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको लागि न्यायको माग गर्दै शुक्रवार विभिन्न ठाउँमा प्रदर्शन भएकोे छ।

पीडित परिवार र विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बैतडी, कञ्चनपुरको महेन्द्रनगर लगायतका ठाउँमा प्रदर्शन गरेका हुन्। दोगडाकेदार गाउँपालिका–७ सिर्कोटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययरत भट्ट बिहीवार साँझ स्थानीय लबलेक सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन्।

पीडित पक्ष, स्थानीय र विद्यार्थी संगनठनले किशोरीको बलात्कार पछि हत्या भएको भन्दै घटनाको सत्य, तथ्य छानविन गरेर अपराधीलाई कानूनी दायरा ल्याउनु पर्ने माग गरेका छन्।

शुक्रवार स्थानीयले बैतडीको स्थानीय बजार खोचलेकमा प्रदर्शन गरेका थिए। उनीहरुले केही समयमा महकाली राजमार्ग बन्द समेत गराएका थिए। प्रदर्शनमा मृतक किशोरी अध्ययरत सनातन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरु पनि सहभागी थिए।

यता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पनि स्थानीय सर्वसाधारण र विद्यार्थी संगठनले भागरथीको न्यायको माग गर्दै प्रदर्शन गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेकोले अपराधी छिट्टै कानूनी दायरामा आउने दाबी गरेको छ।

पढ्न गएकी युवती जंगलमा मृत भेटिइन्, बलात्कारपछि हत्या गरिएको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .