ad ad

समाज


माटोको ढिस्कोले पुरिएर कैलालीमा एकै टोलका ३ जनाको मृत्यु, २ जना घाइते

माटोको ढिस्कोले पुरिएर कैलालीमा एकै टोलका ३ जनाको मृत्यु, २ जना घाइते

गोकुल जोशी
माघ २४, २०७७ शनिबार ८:३७,

कैलालीमा माटोको ढिस्कोमा पुरिएर शनिबार एकै टोलका तीन जनाको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–९ खैरीफाँटास्थित कालिका सामुदायिक वन नजिकको जंगलमा माटोको ढिस्कोले पुरिएर तीन जना मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका रहेका छन्।

सवाल र वडको घटनास्थलमै र जैगडीको टीकापुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले बताए।

‘उहाँहरु घर पोत्ने माटो लिन जानुभएको रहेछ। माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर ३ जनाको मृत्यु भएको हो’, डीएसपी विष्टले नेपालखबरसँग भने।

उनका अनुसार माटोको ढिस्कोमा पुरिएर घाइते भएकी खैरीफाँटाकै १२ वर्षीया अन्जु जैगडीको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .