ad ad

समाज


कैलालीमा वडा सदस्यको घरमा युवती मृत भेटिइन्

कैलालीमा वडा सदस्यको घरमा युवती मृत भेटिइन्

गोकुल जोशी
माघ २५, २०७७ आइतबार ८:२,

कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा एक युवती मृत अवस्थामा भेटिएकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टका अनुसार सोही ठाउँकी २३ वर्षीया अज्जिता चौधरी वडा सदस्यको घरको कोठामा झुण्डिएको अवस्थामा आइतवार मृत भेटिएकी हुन्।

घटना शंकास्पद भएको भन्दै मृतकका परिवारले हत्याको आशंका गरेका छन्।

‘घटनाको खबर पाएपछि हाम्रो टोली घटनास्थल पुगेको छ’, डीएसपी विष्टले भने, ‘अनुसन्धान सुरु भएको छ, विस्तृत विवरण आइसकेको छैन्।’

प्रहरीका अनुसार कोठामा चुकुल लगाएको अवस्थामा अज्जिता मृत भेटिएकी हुन्। वडा सदस्य चौधरी गौरीगंगा नगरपालिका–३ का कार्यवहाक वडाध्यक्ष हुन्।

पारिवारिक स्रोतका अनुसार मृतक अज्जिता र वडा सदस्य चौधरीबीच ‘प्रेम सम्बन्ध’ रहेको खुलेको छ। चौधरी अहिले फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .