ad ad

समाज


ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

नेपालखबर
माघ २७, २०७७ मंगलबार ३:५३,

मंगलबार बिहान ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु भएर बिहान ७ बजेर ३५ मिनेट जाँदा ५.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौंले जनाएको छ।

भूकम्प गएको ठाउँ नेपाल र चीनको सीमा क्षेत्रमा पर्छ। भूकम्पको धक्का ताप्लेजुङ सदरमुकाम फुङलिङ्मा समेत महसुस गरिएको छ। भूकम्प गएपछि स्थानीयबासी डराउँदै घर बाहिर निस्किएका थिए।

भूकम्पले मज्जैले हल्लाए पनि अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .