प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी गाउँपालिका-८ घर भई हाल काठमाडौंको कान्ति संगममार्ग बस्ने वर्ष ३६ का जितेन्द्र पन्थी रहेका छन्।
नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियम अनुसार आवेदन फाराम भरे पछि फारामको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गरी दिनु पर्ने प्रकृया रहेकोमा पन्थीले डा. कृष्ण रिजालको अप्लिकेसन फाराममा ‘डा. जितेन्द्र शर्मा, एनएमसी रजिष्ट्रेसन नं २३६४’ लेखी सहीछाप गरी दिएको प्रहरीले जनाएको छ।
किर्ते गरेको शंका लागि अनुसन्धान गर्दा निजले नेपाल मेडिकल काउन्सिलबाट लाईसेन्स प्राप्त नगरी नै डाक्टर भनि सहिछाप गरी लिखत सम्बन्धी कसुर गरेको खुल्न आएको खुलेको छ।
नक्कली चिकित्सक बनेका पन्थीउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
प्रतिक्रिया