ad ad

समाज


देशभर १६ सय २१ जना सक्रिय कोरोना संक्रमित

देशभर १६ सय २१ जना सक्रिय कोरोना संक्रमित

नेपालखबर
फागुन ५, २०७७ बुधबार ११:३९,

आज (बुधबार) देशभर कोरोना संक्रमणबाट एक हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १६ सय २१ जना सक्रिय संक्रमित रहेका, जसमध्ये संस्थागत आईसोलेसनमा  ९९१ र होम आईसोलेसनमा ६३० जना रहेका जानकारी दिए।

यस्तै, ६१ बिरामी आईसीयूमा उपचाररत छन् भने १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

डा. गौतमका अनुसार गत आइतबारदेखि आजसम्म १४ हजार २४० जनाको पीसीआर परीक्षण गरिएकोमा ४५६ जनामा संक्रमण पुष्टि भएको छ। यही अवधिमा ४६५ जना डिस्चार्ज भएका छन् भने १ जनाको निधन भएको छ।

आज देशभर १२५ जनामा संक्रमण पुष्टि भएको डा. गौतमले जानकारी दिए जसमध्ये काठमाडौं उपत्यकामा ६० जना संक्रमित भेटिएका छन्।

आज ९१ जना डिस्चार्ज भएका छन्। अहिलेसम्म दुई लाख ६९ हजार ३९४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। डिस्चार्ज हुने यो दर ९८.७ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .