ad ad

समाज


मेलम्चीको सुरुङमा परीक्षणका लागि पानी पठाउन सुरु

मेलम्चीको सुरुङमा परीक्षणका लागि पानी पठाउन सुरु

नेपालखबर
फागुन १०, २०७७ सोमबार ८:४१,

मेलम्चीको साढे २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण गरिएको छ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आज सोमबार सुरुङबाट पानी पठाएर परीक्षण गरिएको हो।

खानेपानी मन्त्री मणि थापाले सुरुङमा पानी हालेर परीक्षण थालनी गरेका थिए। सो परीक्षणका लागि मन्त्री थापा सोमबार विहान आयोजनास्थल मेलम्ची पुगेको उनका स्वकीय सचिव राजेन्द्र गौतमले नेपालखबरलाई बताए।

गत असारमा पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो। त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो।

परीक्षणमा केही अप्ठेरो स्थिति आइपरे तत्काल उद्धार गर्ने व्यवस्था मिलाउन हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .