ad ad

समाज


पूर्व प्रेमिकालाई ३० पटकसम्म चक्कु प्रहार गर्ने व्यक्ति गिरफ्तार

पूर्व प्रेमिकालाई ३० पटकसम्म चक्कु प्रहार गर्ने व्यक्ति गिरफ्तार

नेपालखबर
फागुन ११, २०७७ मंगलबार ११:१०,

यात्रुले भरिएको बस भित्र ती युवाले ३३ वर्षकी महिलामाथि चक्कु प्रहार गरेका थिए।

चक्कु आतंक मच्चिना साथ सबै यात्रु बसबाट भागेका थिए। यस घटनाको भिडिओ सार्वजनिक भएको छ जहाँ यात्रुहरु भागेको र चक्कु आक्रमण भइरहेको देख्न सकिन्छ।

उनीहरु पूर्व प्रेमी र प्रेमिका भएको प्रहरीको भनाइ छ। व्यक्तिगत रिसिबीका कारण चक्कु आक्रमण भएको बताइएको छ।

यो घटना गत फेब्रुअरी १५ मा भएको हो। कुलियाकानको सिनालोआमा चक्कु आक्रमण भएको थियो।

३० पटक चक्कु प्रहार भएता पनि ती महिलाको ज्यान जोगिएको छ। उनले बाक्लो ज्याकेट लगाएका कारण संवेदनशील अंगमा चक्कुको प्रहार नपुगेको बताइएको छ।

यद्यपी उनको हात र पाखुरामा गहिरो चोट लागेको छ। हाल उनको उपचार भइरहेको छ।

घटना भएको केहीबेरमै प्रहरीले आक्रमणकारी पुरुषलाई गिरफ्तार गरेका थिए। द सन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .