ad ad

समाज


नख्खुमा जीपले ठक्कर दिँदा क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

नख्खुमा जीपले ठक्कर दिँदा क्याम्पस हिँडेकी १९ वर्षीया छात्राको मृत्यु

नेपालखबर
फागुन १९, २०७७ बुधबार २:३५,

ललितपुरको नख्खुमा जीपले ठक्कर दिँदा क्याम्पस जाँदै गरेकी एक जना छात्राको मृत्यु भएको छ।

बुधबार बिहान पौने ६ बजे स १ ज ५६७ नम्बरको जीपले ठक्कर दिँदा १९ वर्षीया छात्रा अञ्जु दाहालको मृत्यु भएको हो। प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोलमा डेरामा बस्दै आएकी १९ वर्षीया अञ्जु दाहाल कोटेश्वरको मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन्।

जिपको ठक्करबाट गम्भीर घाइते दाहालको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो। सडक पार गर्ने क्रममा उनलाई जिपले ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घटनापछि जिप चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .