ad ad

समाज


यातायात कार्यालयबाट १५ जना विचौलिया पक्राउ

यातायात कार्यालयबाट १५ जना विचौलिया पक्राउ

शैलेन्द्र महतो
फागुन १९, २०७७ बुधबार १३:१३,

यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना विचौलिया पक्राउ परेका छन्।

सेवाग्राहीबाट पैसा लिएर काम गराइदिने र लाममा लागेका सर्वसाधारणलाई सास्ती दिने १५ जना विचौलियालाई बुधबार पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

उनका अनुसार सर्वसाधारणसँग पैसा लिएर काम गराइदिने विचौलियाहरुलाई कार्यालय भित्र तथा वरिपरिबाट पक्राउ गरिएको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान गरिरहेको र दोषी भेटिए कानुन बमोजिम कारबाही हुने डीएसपी मिश्रले बताए।

केहि हप्ताअघि यातायात कार्यालयबाटै कार्यालय सहयोगी र एक विचौलियालाई पनि अख्तियारले रकमसहित नियन्त्रणमा लिएको थियो। त्यसअघि कार्यालयबाट हराएको ३ सय सवारी चालक स्मार्ट लाइसेन्स धानखेतमा भेटिएको थियो।

विचौलियाले नै जनकपुर यातायात कार्यालय चलाउँदै आएको व्यापक जनगुनासो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .