कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा रहेको टोलीलाई शनिबार सुदुरपश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्टले बिदाई गरिन्।
टोलीले अन्य ६ प्रदेशका सरकार र देशभरका विभिन्न उधोग बाणिज्य संघको भ्रमण गर्दै सुदुरपश्चिम भ्रमणको निम्तो दिने अध्यक्ष कुँवरले बताए।
'पहिला देश अनि विदेश भन्ने नाराका साथ नेपाल टूरमा निस्कन लागेका हौं,' कुँवरले भने, 'सुदूरपश्चिमको पर्यटन प्रवर्धन र नेपाल सरकारको भिजिट २०२० कार्यक्रमलाई यसले सघाउ पुर्याउने विश्वास लिएका छौं।'
प्रतिक्रिया