भारतको गुजराज राज्यमा पर्ने वडोदरामा बुधबार एकै परिवारका ६ जनाले सामूहिक आत्महत्या प्रयास गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले विष खाएका हुन्, त्यस क्रममा ३ जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ।
मिडिया रिपोर्टका अनुसार वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारैले सामूहिक आत्महत्या कोसिस गरेको हो।
एसपी भरत राठौडले भने, ‘तीन जनाको मृत्यु भयो र बाँकी ३ जनाको उपचार भइरहेको छ। उनीहरूको छिमेकीका अनुसार त्यो परिवार आर्थिक अभाव झेलिरहेको थियो।’
भारतीय प्रहरीका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भने फेला परेको छैन। घटनाको अनुसन्धान भइरहेको छ। नवभारत टाइम्सबाट
प्रतिक्रिया