ad ad

समाज


सम्बन्ध बिग्रिएपछि सुपारी दिएर हत्या

सम्बन्ध बिग्रिएपछि सुपारी दिएर हत्या

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १३:४३,

कैलालीको गोदावरी नगरपालिका ५ गेटीस्थित छोटु भन्ने शिवचरण रानाको हत्याकी योजनाकार महिला पक्राउ परेकी छन्। हत्यामा संलग्न रहेको अभियोगमा कैलाली प्रहरीले बिहीबार सोही ठाउँकी जयन्ती चौधरीलाई सार्वजनिक गरेको हो।

फागुन १५ गते बिहान गेटा आँखा अस्पताल नजिक ३५ वर्षीय शिवचरणको धारीलो हतियार प्रहार गरी हत्या भएको थियो। हत्यामा अन्य २ जनाको संलग्नता रहेको र उनीहरु फरार रहेका कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम राणाले बताए।

रानालाई टाउकोमा धारिलो बस्तुले प्रहार गरी हत्यापछि गेटादेखि श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा शव पुरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

घटनाको प्रकृती, मृतक तथा अभियुक्तहरुले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पूर्वको सम्बन्ध, रिसिईबी समेतका तथ्यहरुबाट ३७ वर्षीया जयन्तीको योजनामा हत्या भएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार उनीहरुको बीचमा पहिलेदेखिनै सम्बन्ध रहेको र पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो।

जयन्तीको गेटा आँखा अस्पताल अगाडि खोका पसल थियो। त्यसैबेलादेखि उनीहरु नजिकिएका थिए। त्यसक्रममा उनीहरुको अनैतिक सम्बन्ध समेत बाहिरिएपछि स्थानीयको बैठक बसी २ लाख रुपैयाँ लेनदेनमा मिलाएको खुलेको छ।

त्यसपछि उनीहरुको बीचमा केही समय सम्बन्ध नभएपनि पुनः उनीहरु नजिकिएका थिए। उनीहरुको बिचमा बेलाबेला झगडा समेत हुने गरेको थियो।

एकले अर्काप्रती शंका राख्ने र आर्थिक लेनदेन समेत भएको देखिएको एसपी राणाले बताए।

शिवचरणले आफू भन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको थाहा पाएपछि जयन्तीले अपमानित भएको र विक्षिप्त भई बदला लिन हत्याको योजना बनाएको जयन्तीले प्रारम्भिक सोधपुछका क्रममा बताएकी छन्।

जयन्तीले यसअघि पनि आफैंले हत्या गर्ने योजना बनाएको तर नसकेपछि नाताका दुई व्यक्तिलाई रकम दिएर हत्या गर्न लगाएको खुलेको छ।

शिवचरण आफ्नो पसलबाट घर आउने जाने समय, प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्तीले हत्यामा संलग्न व्यक्तिलाई जानकारी गराएकी थिइन्।

हत्याको केही दिन पहिले पनि ती व्यक्तिहरुले शिवचरणको हत्याको प्रयास गरेका थिए। फागुन १४ गते जयन्तीले हत्यामा संलग्न व्यक्तिलाई टेलिफोनमा सम्पर्क गरी १५ गते जसरी पनि हत्या गर्न भनेकी थिइन्। सोही योजना अनुसार हत्या भएको देखिएको एसपी राणाले बताए।

फरार व्यक्तिको खोजि भइरहेको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .