ad ad

राजनीति


सरकारले हटायो विप्लव समूहमाथिको प्रतिबन्ध, मन्त्रिपरिषदद्वारा तीन–बुँदे सहमति अनुमोदन

सरकारले हटायो विप्लव समूहमाथिको प्रतिबन्ध, मन्त्रिपरिषदद्वारा तीन–बुँदे सहमति अनुमोदन

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १३:४०,

सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध हटाएको छ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

सरकार र विप्लव नेतृत्वको पार्टीबीच आजै तीन–बुँदे सहमति भएको थियो।

मन्त्रिपरिषद् बैठकले सो सहमति पनि अनुमोदन गरेको छ।

‘विप्लव समूहसँग सरकारी वार्ता टोलीले गरेको सहमतिलाई भोली औपचारिक रुपमा घोषणा भएपछि लागु हुनेगरी आजको बैठकले अनुमोदन गरेको छ,’ एक मन्त्रीले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .