ad ad

समाज


जब पेट पाल्ने सबै उपाय सकिए तब परिवारैले विष पिए !

जब पेट पाल्ने सबै उपाय सकिए तब परिवारैले विष पिए !

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १४:४५,

व्यापारमा घाटा लागेर भात खानसमेत पैसा नभएपछि भारतको गुजरातमा सामूहिक आत्महत्या गर्ने निर्णयअनुसार परिवारका सबै ६ जनाले नै विष खाएको रहस्य खुलेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कीटनाशक औषधि खाएका उनीहरूमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ३ जनाको अवस्था पनि गम्भीर छ।

घटना गुजरात राज्यमा पर्ने वडोदरा गाउँको हो। घरमूलीले घरका सबै थोक बेचिसकेका थिए। पेट पाल्नकै लागि उनले अन्तिममा पहिले आफ्नो र पछि छोरीको साइकलसमेत ५ सय रुपैयाँमा बेचेका थिए।

जब सबै उपाय सकिए तब बुधबार उनको परिवारका सबै सदस्यले एकसाथ मर्ने निर्णय गरे र विष पिए।

तीमध्ये ६८ वर्षीय नरेन्द्र सोनी (घरमूली),  उनका ४ वर्षका नाति पार्थ र १७ वर्षकी छोरी रियाको मृत्यु भएको हो। बाँकी तीन जना पत्नी दिप्ती, छोरा भाविन र उनकी श्रीमती उर्वशी अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।

घटना विवरणअनुसार नरेन्द्र सोनीले नक्कली गहनाको व्यापार गर्थे। केही वर्षदेखि उनको व्यापारमा लगातार घाटा भइरहेको थियो। त्यसपछि उनले प्लास्टिकका सामान बेच्न थाले। फेरि पनि घाटै भयो। व्यापारमा भएका सबै पैसा लगानी गरे। अन्तिममा लाखौं रुपैयाँ ऋण लिन बाध्य भए। त्यसको ब्याज तिर्न घर बेच्न पर्‍याे।

त्यसपछि उनीसँग परिवारको पेट पाल्ने पैसासमेत भएन र अन्ततः  परिवारका सबैले सामूहिक आत्महत्या गर्ने निर्णय गरी विष पिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .