ad ad

समाज


भारतीय तस्कर–प्रहरी भिडन्त भएको ठाउँबाट लागुऔषध र नक्कली नोट बनाउने उपकरण बरामद

भारतीय तस्कर–प्रहरी भिडन्त भएको ठाउँबाट लागुऔषध र नक्कली नोट बनाउने उपकरण बरामद

गोकुल जोशी
फागुन २१, २०७७ शुक्रबार २:४६,

भारतीय तस्कर र प्रहरीको भिडन्त भएको कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलहाबाट प्रहरीले लागुऔषध र नक्कली नोट बनाउने उपकरण बरामद गरेको छ। बिहीबार साँझ नेपाल–भारत सीमा पौलहामा भारतीय तस्कर र गस्तीमा रहेका प्रहरीबीच भिडन्त हुँदा एक तस्करको मृत्यु भएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमर थापाका अनुसार जवाफी कारबाहीका क्रममा भारतको पिलिभित थाना हजार बुदान–४ का २२ वर्षीय गोविन्द सिंह मारिएका हुन्।

कञ्चनपुरको सीमा क्षेत्रमा व्याप्त तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय प्रहरीले कडा निगरानी राखेको छ। यही क्रममा बिहीबार बेलौरी नगरपालिका–७ पौलहाबाट भारतीय तस्करले लागूऔषध नेपाल भित्र्याइरहेको सूचना प्रहरीले पाएको हो।

त्यसपछि इलाका प्रहरी कार्यालय (बेलौरी) बाट प्रहरी हबल्दारको नेतृत्वमा ४ प्रहरीको टोली त्यहाँ पुग्दा झोला भिरेर नेपालतर्फ आइरहेका चार भारतीय तस्करसँग जम्काभेट भएको हो।

झोला खानतलासी गर्न खोज्दा ती तस्करले गोली चलाएको प्रहरीले जनाएको छ। प्रतिरक्षाका लागि प्रहरीले पनि गोली चलाउँदा एक तस्करको मृत्यु भएको हो। बाँकी ३ जना भने भारततर्फै भागेका छन्।

सिंहको शव प्राथमिक स्वास्थ्य केन्द्र (बेलौरी) मा राखिएको छ। भारतीय तस्करको आक्रमणबाट एक जना प्रहरी जवान सामान्य घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको छ।

‘यो समूह लामो समयदेखि लागुऔषध र नक्कली नोट बनाउने अपराधमा संलग्न रहेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का एसपी उमाप्रसाद चतुर्वेदीले नेपालखबरसँग भने, ‘यस्ता क्रियाकलाप गर्नेप्रति हामीले कडा निगरानी राखेका छौँ।’

उनका अनुसार घटनास्थलबाट ठूलो मात्रामा लागुऔषध र नक्कली नोट बनाउने मसिन बरामद गरिएको छ।

indiantaskar2

करिब ६५ ग्राम ब्राउन सुगर, २४.८६ ग्राम ह्वाइट सुगरजस्तो देखिने सेतो पदार्थ, नक्कली नोट बनाउने दुई थान मसिन, ३.४५ ग्राम कालो पाउडर, एफोर साइजकोे पेपर, ५०० भारु बराबर साइजको काटिएको सेतो कागज, कागज काट्ने धारिलो चक्कु, रुलर र एक थान भिबो मोबाइल बरामद गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .