ad ad

समाज


नरैनापुरमा आगलागीबाट २२ घर जलेर नष्ट

नरैनापुरमा आगलागीबाट २२ घर जलेर नष्ट

नेपालखबर
फागुन २४, २०७७ सोमबार १६:१९,

बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन्।

गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए।

मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयवासीको बताएका छन्। सोमबार बिहान ११ बजे शुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घण्टामा नियन्त्रणमा लिइएको थियो।

सोमबार अपराह्न ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रतिपरिवार रु १५ हजारका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई सात हजार बराबरको प्रतिपरिवार गैरखाद्य सामग्री उपलब्ध गराएको छ।

गाउँपालिकाले खानाको व्यवस्था गरिएको प्रजिअ कुरुम्वाङले जानकारी दिए। अहिले यहाँका स्थानीयवासीको विचल्ली भएपछि गासबासको बालबच्चाहरुको निकै समस्या परेको छ। करोडौँको क्षति भएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .