सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ।
आइतबार दिउँसो करिव १२ बजेतिर भएको प्रेसरकुकर बम बिस्फोटमा परी ६ जना घाइते भएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप भण्डारीले जानकारी दिए।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र अन्य पाँच जनाको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली पुगेर अनुसन्धान थालेको उनले बताए।
एसपी भण्डारीले बम बिस्पोट गराउनेको पहिचान नभएको र उनीहरुको खोजी कार्य सुरु भइसकेको जानकारी दिए।
3
Shares
प्रतिक्रिया