युरोपमा कोरोना भाइरस महामारीको तेस्रो लहर रोक्न मुलुकहरुले लकडाउन कडा बनाउँदै लगेका छन्।
इटलीले पुनः लकडाउन घोषणा गर्दै गर्दा एक वर्षअघिकै दृश्य दोहोरिन थालेको छ। सोमबारदेखि मानिसहरुलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा जान प्रतिबन्ध लगाइएको छ।
नवनियुक्त प्रधानमन्त्री मारियो द्रागीले संक्रमणको नयाँ लहर सुरु भएको बताएका छन्।
अन्य मुलुकहरुको स्थिति पनि उस्तै छ। जर्मनीमा पनि सोमबार संक्रमितहरुको संख्या बढेको छ। फ्रान्समा अस्पताल भर्ना हुनेहरुको संख्या दैनिक बढ्दैछ।
अर्कोतिर एकपछि अर्को मुलुकले एस्ट्राजिनेकाको खोप लगाउने कार्यक्रम रोक्दै गएका छन्। यसरी सो खोप रोक्ने मुलुकको संख्या करिब एक दर्जन पुगेको छ। खोप लगाएकामा रगत जम्ने समस्या देखिन सक्ने भयका कारण सो खोप रोकिएको हो।
तर, एस्ट्राजिनेकाले आफ्नो खोप सुरक्षित भएको दाबी गरेको छ। सीएनएन
प्रतिक्रिया