ad ad

समाज


परीक्षा चलिरहेकै बेला सीटीईभीटीको प्रश्नपत्र आउट, पाँच जना पक्राउ

परीक्षा चलिरहेकै बेला सीटीईभीटीको प्रश्नपत्र आउट, पाँच जना पक्राउ

शैलेन्द्र महतो
चैत ६, २०७७ शुक्रबार ७:५०,

जनकपुरबाट सीटीइभीटीको प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ परेका छन्।

परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न फोटोकपी सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेर अनुुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मुरली चोक र भैरव चोकबाट फोटोकपी सञ्चालकसहित पाँच जना रहेका छन् ।

सीटीईभीटीअन्तर्गत नर्सिङ तथा ओभरसियर लगायतको परीक्षाको प्रश्नपत्र आउट गर्नेलाई पक्राउ गरेको उनले बताए।

परीक्षा सञ्चालन भइरहेकै क्रममा प्रश्नपत्र आउट भएको प्राप्त सूचनाको आधारमा छापामार्दा उनीहरू पक्राउ गरिएको हो।

पक्राउ पर्नेमाथि थप अनुसन्धान गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .