ad ad

समाज


मिथिला मध्यमा परिक्रमा कञ्चनवन पुग्दा होली (फोटोफिचर)

मिथिला मध्यमा परिक्रमा कञ्चनवन पुग्दा होली (फोटोफिचर)

शैलेन्द्र महतो
चैत ७, २०७७ शनिबार १५:२३,

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमा कञ्चनवन पुगेको छ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौं दिन शनिबार महोत्तरीको भंगहा नगरपालिका–८ स्थित कञ्चनवन पुगेपछि होलि उत्सव मनाइएको छ।

यो पडावस्थलमा त्रेता युगमा भगवान राम र सीताले होली खेलेको धार्मिक विश्वाससहित परिक्रमा यहाँ पुगेपछि एक अर्कालाई रंग अबिर लगाई होली खेल्ने गरिन्छ। कञ्चनवनमा होली खेलेसंगै मिथिलाञ्चलमा होली पर्व विधिवत् सुरु भएको छ।

भंगहा नगरपालिकाले होली तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।

परिक्रमामा यात्रीहरुलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र भंगहा नगरप्रमुख संजीव साहले रंगअबिर लगाएर स्वागत गरेका थिए।

कञ्चनवनस्थित विहार मन्दिर, अग्निकुण्ड र आँपको बगैंचामा तिर्थालुहरु खचाखच भरिएका छन्।

वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल प्रतिपदादेखि धनुषाको कचुरी मन्दिरबाट भगवान रामको डोलासहित सुरु हुने यो महाकुम्भ १५ दिनमा जनकपुरधाम पुगेर फागु पूर्णिमाको दिन परिक्रमा सम्पन्न हुने परम्परा छ।

Mithila Parikrama 2

Mithila Parikrama 3

Mithila Parikrama 4

Mithila Parikrama 6

Mithila Parikrama 7

Mithila Parikrama 9

Mithila Parikrama 10

Mithila Parikrama 11

Mithila Parikrama 12

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .