ad ad

समाज


टिपरले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई युवाको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा झापामा दुई युवाको मृत्यु

नेपालखबर
चैत ८, २०७७ आइतबार २:२७,

झापाको दमकमा​ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवाको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका-८ का २३ वर्षीय नीरन बस्नेत र २४ वर्षीय अनिष कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने दमक ४ मा प्रदेश-१-०२-००१ क १०८२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश-१-०२-०४४ प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।

कोइरालाको घटनास्थलमै र बस्नेतको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालक ४९ वर्षीय प्रकाश तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .