ad ad

समाज


जनकपुरमा पतिसँगै होटलमा बसेकी युवती ५ तलाबाट खसेको अवस्थामा मृत !

जनकपुरमा पतिसँगै होटलमा बसेकी युवती ५ तलाबाट खसेको अवस्थामा मृत !

शैलेन्द्र महतो
चैत ११, २०७७ बुधबार ४:१५,

जनकपुरमा होटलमा आफ्ना श्रीमानसँगै बसेकी महिला पाँच तला माथिबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी छन्।

दुई दिनदेखि जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पतिसँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली आज (बुधबार) बिहान मृत भेटिएकी हुन्।

sarlahihotel

होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस निवासी सिर्जनाको मृत्यु रहस्यमय देखिएको छ।

उनका श्रीमान विश्वास सिर्पालीले भने पत्नीले गएराति होटलको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेको दाबी गरेका छन्।

तर आत्महत्या हो वा खसालिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

श्रीमान् विश्वासका अनुसार राति १२ बजेसम्म गफगाफ गरेर दुवै जना सुतिएको थियो। तर बिहान साढे ३ बजे ब्युझिँदा नदेखिएपछि खोजबिन गर्दा तल पछारिएको अवस्थामा उनको शव भेटिएको उनको दाबी छ।

sarlahihotel2

एघार दिनअघि मात्र आफू विदेशबाट फर्किएको र स्कुटीको लाइसेन्स बनाउन दुवै सँगै जनकपुर आएको विश्वासले प्रहरीसमक्ष बयान दिएका छन्।

घटना शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .