ad ad

समाज


महोत्तरीमा सडकमा गाडेको अवस्थामा भेटियो मानव कंकाल, अनुसन्धान गर्दै प्रहरी

महोत्तरीमा सडकमा गाडेको अवस्थामा भेटियो मानव कंकाल, अनुसन्धान गर्दै प्रहरी

शैलेन्द्र महतो
चैत १२, २०७७ बिहिबार ९:०,

महोत्तरीको पिपरा गाउँपालिकामा बाटोमा गाडिएको अवस्थामा मानव कंकाल भेटिएको छ।

पिरपरा गाउँपालिका–२, स्थित पीपरा बजारबाट अतरा जाने बाटोको डाईभर्सन भएको ठाउँमा टोमा गाडिएको अवस्थामा मानव खप्पर भेटिएको हो।

निर्माणाधीन अवस्थामा रहेको उक्त सडकमा दोस्रो चरणमा माटो बिछ्याउने क्रममा पुरिएको अवस्थामा मानव खप्पर भेटिएको हो। खप्परका साथमा हातको हाड र थोरै कपाल समेत भेटिएकाले शव हालसालै गाडिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। खप्पर भेटिएको स्थाननजिकै छेउमा एउटा बोरा समेत फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी पुगेर उत्खननसँगै अनुसन्धान सुरु गरेको छ। उक्त शव एक महिनाअघिदेखि घरमा सुतेको स्थानबाटै बेपत्ता पीपरा गाउँपालिका–५, सहोडबाका वृद्ध झा दम्पतीको हुन सक्ने आशंका गरिएको छ।

मानव खप्पर भेटिएको तर कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।

‘सडकमा गाडिएको अवस्थामा मानव खप्पर भेटिएको छ, उक्त खप्पर कसको हो भन्नेबारेमा अनुसन्धान गर्दैछौँ’, डीआईजी सिंहले नेपालखबरसँग भने।

गएको फागुन ११ गते राति स्थानीय ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी ओछ्यानसहित बेपत्ता भएका थिए। उनीहरुको अवस्था अझै अज्ञात रहेको छ।

 जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता पारेको आशंकामा केही दिनअघि ३ छिमेकसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। दम्पतीको बेपत्ता गरेर हत्या गरको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .