शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणको कारण देखाउँदै देशभरका शैक्षिक संस्था चार दिनका लागि बन्द गर्न दिएको निर्देशनविपरित तनहुँको भिमाद नगरपालिकाले विद्यालय खुलै राख्ने जनाएको छ।
मन्त्रालयले शुक्रवारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेपनि भिमादले विद्यालय खुलै राख्ने सूचना जारी गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत टेकावती थापाद्वारा जारी सूचनामा नगर क्षेत्रमा हालसम्म वातावरणीय असहज अवस्था नभएकाले विद्यालय खुलै राख्ने जनाइएकाे छ।
सूचनामा ‘विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नु गराउनु हुन’ सूचित गरिएको छ।
प्रतिक्रिया