अमेरिकाको अलास्कामा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको छ। जसमा चेक गणराज्यका सबैभन्दा धनी व्यक्ति पेट्र केल्नर पनि छन्।
भाडामा लियएको हेलिकोप्टर एक लजबाट गाइड र ग्राहक लिएर गइरहेको थियो। शनिबार भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको अलास्का राज्यको सेनाले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका केल्नर चेक गणराज्यका अरबपति व्यवसायी थिए। फोर्ब्सले २०२० मा विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा राखेको थियो। उनीसँग १७ अर्ब डलर सम्पत्ति थियो। एजेन्सी
प्रतिक्रिया