ad ad

समाज


थप १६७ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

थप १६७ जनामा कोरोना संक्रमण, तीनको मृत्यु

नेपालखबर
चैत १७, २०७७ मंगलबार १४:४०,

पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ।

थप तीन हजार १४० जनाको पिसीआर परीक्षण गरिएको थियो। हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २२ लाख ६७ हजार ४०८ पुगेको छ। हाल ५३ संक्रमित क्वारेन्टिनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर ११५ संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर एक हजार ३९० सक्रिय संक्रमित छन्।

यस्तै, कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .