ad ad

समाज


काठमाडौंमा दिउँसै लुटियो आईएमई, पक्राउ परे चार लुटेरा

काठमाडौंमा दिउँसै लुटियो आईएमई, पक्राउ परे चार लुटेरा

नेपालखबर
चैत १९, २०७७ बिहिबार ६:१९,

काठमाडौंमा दिउँसै रेमिट्यान्स कम्पनीमा लुटपाट भएको छ।

बुधबार दिउँसो खुकुरी देखाएर न्युरोडको खिचापोखरीमा रहेको आईएमईमा लुटपाट भएको काठमाडौं प्रहरीले जनाएको छ।

लुटपाटमा संलग्न ४ जना पक्राउ परिसकेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

‘आईएमई लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौँ’, नेपालखबरसँग एसएसपी सिंहले भने।

उनका अनुसार पक्राउ पर्नेमा दाङका २१ वर्षीय तिलक राउत, १८ वर्षीय दिपुन श्रेष्ठ, कालीकोटका १८ वर्षीय उमेश केसी र ललितपुरका नवीन केसी रहेका छन्। उनीहरुले ६ लाख रुपैयाँ लुटेका सञ्चालक हेम मल्ल र गोरख चन्दको दाबी छ।

बुधबार दिउँसो साढे ३ बजे लुटपाट भएको र त्यसको केही घण्टामै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताए।

उनीहरुको साथबाट ५९ हजार ७ सय रुपैयाँ फेला परेको र केही रकम खर्च गरिसकेको प्रहरीलाई बताएका छन् ।

तिलकले २५ हजारको किनमेल गरेको र ७५ हजार रुपैयाँ लागुऔषध किन्नका लागि एक महिलालाई दिएको खुलेको छ।

यस्तै उनीहरुसँग लागुऔषध खान पुगेका मिलन ढकाल, प्रशन्न मल्ल ठकुरी र सफल आचार्य पनि बानेश्वरस्थित दक्षिणकाली होस्टलबाट पक्राउ परेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .