ad ad

समाज


महासंघ निर्वाचन : थप पाँच जिल्लाको मतपरिणाम सार्वजनिक

महासंघ निर्वाचन : थप पाँच जिल्लाको मतपरिणाम सार्वजनिक

नेपालखबर
चैत २६, २०७७ बिहिबार १५:१०,

नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनमा विभिन्न जिल्लाहरुबाट मत गणनाको परिणाम प्राप्त भइरहेका छन्। कतिपय जिल्लामा मत गणना सकिएर परिणाम सार्वजनिक भएको छ भने कतिपय जिल्लामा मतगणना जारी छ।

महासंघ चितवनको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन्। आज सम्पन्न मतगणनामा नेपाल प्रेस युनियन नेतृत्वको गठबन्धनका उम्मेदवार अधिकारीले निकटम प्रतिद्वन्द्वी प्रेस चौतारीका उम्मेदवार तिलक रिमाललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष अधिकारीले १४६ मत प्राप्त गरे भने निकटम प्रतिद्वन्द्वी रिमालले ११२ मत प्राप्त गरे। अर्का अध्यक्षका उम्मेदवार सूर्य प्रकाश कँडेलले चार मत प्राप्त गरे।

यसैगरी महासंघको खुल्ला उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, महिला उपाध्यक्षमा प्रमिता ढकाल, सचिवमा दीपेन्द्र अधिकारी, समावेशी सहसचिवमा उर्गेन तामाङ, खुल्ला सहसचिवमा आनन्द पोखरेल र कोषाध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा शोभा पुडासैनी, एलिना पोख्रेल (प्रिति), तुलमान गुरुङ, अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, विवेक पोखरेल, ज्ञानेन्द्र तामाङ र समिक्षा पुरी विजयी भएका छन्।

महासंघ काभ्रेमा तिमल्सिना
पत्रकार महासंघ काभ्रेपलाञ्चोकको अध्यक्षमा प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका छन्। तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईंलाई १७ मतको अन्तरले पछाडि पार्दै ६८ मत प्राप्त गरी विजयी भएका हुन्।

त्यस्तै उपाध्यक्षमा विनोद न्यौपाने, महिला उपाध्यक्षमा सुनिता सापकोटा, सचिवमा कपिल कोइराला, कोषाध्यक्ष केदारनाथ तिमल्सिना, खुल्ला सहसचिवमा सरोज अधिकारी, समावेशी सह–सचिवमा जगतमान बल तामाङ विजयी भएका छन्। सदस्यमा क्रमशः अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी भएका छन्। कार्य समितिको अपांगता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित भएका छन्।

केन्द्र र प्रदेशमा तनहुँका तीन निर्वाचित
नेपाल पत्रकार महासंघकेन्द्रीय र गण्डकी प्रदेश समितिमा तनहुँबाट तीन जना निर्वाचित भएका छन्। केन्द्रीय समितिमा प्रदीप काफ्ले, गण्डकी प्रदेश समितिको उपाध्यक्षमा सोनी शर्मा र प्रदेश सदस्य पदमा सानेबहादुर नेपाली निर्वाचित भएका हुन्। तीन जना प्रेस युनियन र प्रेस सेन्टर प्यानलबाट निर्वाचित भएका हुन्।

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पूर्वअध्यक्ष रहेका काफ्लेले ५५३ मत प्राप्त गरेका छन्। त्यस्तै शाखाका निवर्तमान उपाध्यक्ष रहेका शर्माले ५५२ र नेपालीले ५२० मत प्राप्त गरेका छन्। पत्रकार महासंघ जिल्ला शाखामा भने प्रेस चौतारी र प्रेस मञ्चका संयुक्त उम्मेदवार उज्वल पौडेल निर्वाचित भएका छन्।

दोलखामा चौलागाईं र उदयपुरमा खड्का निर्वाचित
नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित भएका छन्। निर्वाचनमा प्रेस चौतारीका केदार शिवाकोटीलाई १० मतान्तरले पराजित गर्दै नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतरी नेपालको गठबन्धनको तर्फबाट चौलागाईं विजयी भएका हुन्।

संयुक्त लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार चौलागाईंले ५८ मत प्राप्त गरेका थिए भने शिवाकोटीले ४८ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा श्रजनकुमार घिमिरे र नविन खतिवडा तथा सचिवमा दिलबहादुर केसी, सहसचिवमा विमला बुढाथोकी र उषा तामाङ विजयी भएका छन्। ११२ जना सदस्य रहेको पत्रकार महासंघ दोलखाको चुनावमा १०६ मत खसेको थियो।

यता, नेपाल पत्रकार महासंघ उदयपुरको अध्यक्षमा भरत खड्का पुनः निर्वाचित भएका छन्। खड्काले आफ्ना अध्यक्षका अर्का प्रतिद्वन्द्वी भोटराज राईलाई ३९ भन्दा को बदला ५४ मत प्राप्त गरेर संघको अध्यक्ष पदमा पुनःनिर्वाचित भएको संघको निर्वाचन समितिकमा संयोजक कौशल चेमजोङले बताए।

उपाध्यक्षमा पर्शुराम थापा र समावेशी उपाध्यक्षमा गंगाकुमारी राई, सचिवमा विश्वराज तामाङ, कोषाध्यक्षमा गणेश उप्रेती, सहसचिवमा ऋषी राई र समावेशी सहसचिवमा देवराज राई विजयी भएका छन्। सदस्यमा चन्द्रकुमार राई, दिनेश राई, बुद्धि राई र होम बस्नेत तथा प्रदेश पार्षदमा केदार कटुवाल र केदार थापा एवं केन्द्रीय परिषद् सदस्यमा कुशलबाबु बस्नेत र भक्तिविलास पोखरेल निर्वाचित भएका छन्। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .