ad ad

समाज


गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा एक पुरुष मृत भेटिए

गोंगबुको गोदावरी  सन्तोषी गेस्ट हाउसमा एक पुरुष मृत भेटिए

नेपालखबर
चैत २९, २०७७ आइतबार ६:२८,

काठमाडौँको गोंगबुस्थित एक गेस्ट हाउसमा एक पुरुष मृत फेला परेका छन्।

आइतबार बिहान काठमाडौँ महानगरपालिका २७, गोंगबुको मित्रनगरस्थित गोदावरी सन्तोषी गेस्टहाउसमा स्याङ्जाका ३० वर्षय नारायणबहादुर क्षेत्री मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए।

शनिबार राति सुनेका क्षेत्री आइतबार बिहान मृत भेटिएका हुन्।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा क्षेत्रीको शव भेटिएको हो। गेस्ट हाउसले राखेको रेकर्ड अनुसार उक्त कोठा राजु क्षेत्रीका नाममा बुक भएको देखिएको एसपी बस्नेतले बताए।

क्षेत्रीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .