ad ad

समाज


सिपाडोलको गाई फर्ममा युवकको हत्या, हत्या गरेर भाग्दै गरेका व्यक्ति पक्राउ

सिपाडोलको गाई फर्ममा युवकको हत्या, हत्या गरेर भाग्दै गरेका व्यक्ति पक्राउ

नेपालखबर
बैशाख २, २०७८ बिहिबार १४:४४,

भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित सिपाडोलस्थित गाई फर्ममा एक युवकको हत्या भएको छ।

बिहीबार दिउँसो धारिलो हतियार प्रहार गरी सोलुखुम्बु घर भई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने अन्दाजी २० वर्षीय ईश्वर राईको हत्या भएको हो।

प्रहरी परिसर भक्तपुरले हत्या गरेर भाग्दै गरेका व्यक्तिलाई पक्राउ गरेको प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए। हत्यामा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटारका २० वर्षीय आशिष खुलालको संलग्नता रहेको प्रहरीको भनाई छ। उनी गाई फर्म सञ्चालकका छोरा हुन्।

आशिषले ईश्वरको हत्या गरेर भाग्दै गरेको सूचना पाउनासाथ जगातीबाट खटिएको प्रहरीले घेरा हालेर उनलाई पक्राउ गरेको हो।

टिनको टहरामा भित्रबाट चुकुल लगाएको अवस्थामा ईश्वरको शव फेला परेको थियो। भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापासहितको टोलीले चुकुल फुटाएर हेर्दा झ्याल खुल्ला रहेको र भुईंमा धारिलो हतियारले घाँटी, टाउको लगायतका स्थानमा काटेको अवस्थामा ईश्वरको शव फेला परेको हो।

बिहान ९ बजे ईश्वरले आशिषलाई फोन गरी सिपाडोल आउने जानकारी दिएको पाइएको छ। उनीहरुसँगै अन्य तीन जना पनि उक्त स्थानमा भेला भएका थिए। तर विवादपछि ईश्वरमाथि खुकुरी प्रहार गरेपछि अन्य व्यक्ति झ्यालबाट भागेको जगातीका डीएसपी राकेश थापाले बताए।

घटनाको थप अनुसन्धान भइरहेको भक्तपुर परिसरका डीएसपी गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .