ad ad

समाज


अफगानिस्तानको मस्जिदमा बन्दुकधारीको आक्रमण, एकै परिवारका आठ जनाको हत्या

अफगानिस्तानको मस्जिदमा बन्दुकधारीको आक्रमण, एकै परिवारका आठ जनाको हत्या

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १०:४४,

स्थानीय प्रहरीका अनुसार जमिनको विवादका कारण उक्त घटना भएको अनुमान गरिएको छ।

प्रान्तीय गभर्नर जैउलहक अमरखिलले घटनामा पाँच जना दाजुभाइ र तीन जना भाइभतिज मारिएको जानकारी दिए।

नान्गरहर प्रहरीका प्रवक्ता फरीद खानले शनिबार राति उक्त घटना भएको पुष्टी गरेका थिए।

अफगानिस्तानमा प्रतिशोध हत्या निकै हुने गरेको छ, र यस्तो घटना निकै पुस्तासम्म चल्ने गरेको छ।

मुस्लिमको पवित्र रमजान पर्वका दिनहरुमा साँझपख मस्जिदमा गएर प्रार्थना गर्ने चलन छ। यहीक्रममा उक्त घटना भएको हो। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .