ad ad

समाज


अमेरिकामा १८ वर्षका युवकको साथबाट बरामद गरियो एके–४७ र गोली भरिएका म्यागेजिन

अमेरिकामा १८ वर्षका युवकको साथबाट बरामद गरियो एके–४७ र गोली भरिएका म्यागेजिन

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ११:१२,

ओहायो राज्यको टाइम्स स्क्वायर सबवे स्टेसनमा शुक्रबार १८ वर्षका युवकको साथबाट एके–४७ एजल्ट राइफल र गोलीहरु भरिएका म्यागेजिन फेला परेको हो।

उनले आक्रमणको योजना बनाएको हुनसक्ने र प्रहरीले घटना अगाडि नै उनलाई नियन्त्रणमा लिएकाले अप्रिय घटना टरेको बताइएको छ।

न्युयोर्क प्रहरी विभागका अनुसार सादिक टेग नाम गरेका युव बन्दुकसहित पक्राउ परेका हुन्।

यसैबीच अमेरिकाकै विसकनसिनको केनोसामा आइतबार बिहानै अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु हुँदा २ जना घाइते भएका छन्।

त्यसअघि शनिबार नेब्रास्का राज्यमा एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो। गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। सीएनएन र सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .