महोत्तरीमा तीन घण्टाकै अन्तरालमा दुई व्यक्तिको शव फेला परेको छ।
बुधबार बिहान सम्सी गाउँपालिका ६ स्थित खेतमा परिचय नखुलेको एक युवकको शव फेला परेको छ।
बिहान साढे ९ बजे खेतमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तराई मूलको जस्तो देखिने अन्दाजी २३।२४ वर्षको पुरुष ब्यक्तिको लास फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।
उनका अनुसार शवको मुचुल्का गरी पोस्टमार्टमको लागि महोत्तरी जिल्ला अस्पताल जलेश्व र पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।
यस्तै, महोत्तरीकै मनरासिसवा नगरपालिका १० मा अन्दाजी ७०।७५ की महिलाको शव बुधबार बिहान साढे ६ बजे फेला परेको छ। मागि खाने जस्ताे देखिएकी महिलाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएकाे छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विष्टले बताए।
Shares
प्रतिक्रिया