ad ad

समाज


जनकपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

जनकपुरमा बसको ठक्करबाट वृद्धाको मृत्यु

शैलेन्द्र महतो
बैशाख १३, २०७८ सोमबार ३:५६,

जनकपुरमा आज बिहान बसको ठक्करबाट वृद्धाको मृत्यु भएको छ।

जनकपुरबाट राजविराज जाँदै गरेको ना ४ ख ८०६१ नम्बरको बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका ८ की ६८ वर्षीया बेच्नीदेवी मण्डलको मृत्यु भएको हो।

जनकपुरको रामानन्दचोकनजिक बाटो काट्ने क्रममा मण्डललाई बसले बिहान ६ बजे ठक्कर दिएको हो। घटनास्थलमै उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय (धनुषा) ले जनाएको छ।

प्रहरीका अनुसार गलत साइडबाट बाटो काट्दा महिलााई ठक्कर लागेको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .