महाकाली अस्पतालमा उपचार क्रममा आइतबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. गोविन्द रोकायाका अनुसार कोरोना संक्रमणका कारण भीमदत्त नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया महिला र सोही नगरपालिका वडा नम्बर १८ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो।
शनिबारदेखि इमरजेन्सी वार्डमा राखिएकी महिलाको अक्सिजनको सहायतमा उपचार भइरहेको थियो भने यही वैशाख १४ गते अस्पताल भर्ना गरिएका पुरुष १६ गतेदेखि सघन कक्षमा थिए।
तर उपचारकै क्रममा आइतबार बिहान उनीहरूको मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया