ad ad

समाज


कोरोनाकालमा यी चिज खानुस्, जसले द्रुत गतिमा ‘इम्युनिटी’ बढाउन मद्दत गर्छन्ः विज्ञ

कोरोनाकालमा यी चिज खानुस्, जसले द्रुत गतिमा ‘इम्युनिटी’ बढाउन मद्दत गर्छन्ः विज्ञ

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ११:३५,

कोरोनाको यो महामारीमा संक्रमणबाट बच्न निकै चुनौती छ। कोरोना संक्रमणबाट त्यतिबेला मात्र बच्न सकिन्छ, जतिबेला आफूमा इम्युनिटी (रोग प्रतिरोधी शक्ति) बलियो हुन्छ।

आहार विशेषज्ञका अनुसार यो कोरोनाकालमा खानपानमा विशेष ध्यान दिन जरुरी छ। यो बेला भिटामिन सी र डीसहित जिंकले भरिपूर्ण खाद्य पदार्थ बढीभन्दा बढी सेवन गर्नुपर्छ। यस्ता चिजले शरीरको इम्युनिटी मात्र बढाउने काम मात्र गर्दैनन्, अन्य थुप्रै रोगबाट रक्षासमेत गर्छन्।

यसै सन्दर्भमा भारतस्थित उजाला सिग्नस हस्पिटलकी आहार विशेषज्ञ प्रिया पाण्डेयले भिटामिन सीयुक्त केही फलफूलबारे जानकारी दिएकी छन्। जसले यो कोरोनाकालमा निकै फाइदा पुर्‍याउने उनले बताएकी छन्।

अमला
आयुर्वेदिक चिकित्सामा सदियौंदेखि अमलाको प्रयोग गरी विभिन्न रोगको उपचार भइरहेको छ। सानो फल यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ। एउटा सुन्तलामा भन्दा एउटा अमलामा भिटामिन सी २० गुणा बढी हुन्छ। भिटामिन सीले शक्तिशाली एन्टिअक्सिडेन्टको काम गर्छ। जसले स्नायु प्रणाली, प्रतिरक्षा प्रणाली र छालालाई एकदम फाइदा गर्छ। साथै अमला सेवनले मेटाबोलिजम सन्तुलनमा राख्न, हड्डी निर्माण गर्न, प्रजनन तथा प्रतिरक्षा प्रतिक्रिया बढाउन मद्दत पुग्छ। दैनिक बिहान अमलाको जुस पिउने गर्नु निकै लाभदायक हुन्छ।

कागती
कागतीलाई भिटामिन सी र अन्य एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत मानिन्छ। कोरोनाकालमा जब मानिस आफ्नो इम्युनिटी बढाउन चाहन्छन् भने कागती सेवन गर्नु निकै लाभायक हुन्छ। यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरबाट फ्रि रेडिकल्स, जुन कोषिकामा क्षति पुर्‍याउँदै संक्रमण फैलाउने कारक बन्न सक्छ, हटाउन मद्दत पुर्‍याउँछ। कागतीमा थियामिन, राइबोफ्लेभिन, भिटामिन बी–६, प्यान्टोथेनिक एसिड, कपर र म्यांगानिज पनि प्रशस्त मात्रामा पाइन्छन्। कोरोनाकालमा कागती खान सल्लाह दिइन्छ।

भुइँकटहर
भुइँकटहर सदियौंदेखि पाचन प्रणाली बलियो बनाउन तथा सुन्निने समस्यामा प्रयोग भइरहेको छ। यस फलमा भिटामिन सी र म्यांगानिजको मात्रा उच्च छ। साथै यसमा क्लालोरी कम हुनाका साथै डाइट्री फाइबर र ब्रोमलेन भरिपूर्ण हुन्छ। दैनिक भुइँकटर सेवन गर्ने हो भने भाइरल तथा ब्याक्टेरियल दुवै किसिमका संक्रमणको जोखिम कम हुन्छ।

सुन्तला
सुन्तला पनि भिटामिन सीको ठूलो स्रोत मानिन्छ। आहार विशेषज्ञका अनुसार एउटा मध्यम आकारको सुन्तला (१०० ग्राम) मा भिटामिन सीको मात्रा करिब ५३.२ मिलिग्राम हुन्छ। साइट्रिकयुक्त फलमा पाइने एन्टिअक्सिडेन्ट तत्त्व हाम्रो इम्युनिटी बढाउनाका साथै फ्रि रेडिकल्सका कारण हाम्रो कोषिकामा हुने क्षतिबाट बचाउन मद्दत गर्छ। जो व्यक्ति रुघा र एलर्जीबाट पीडित छन्, उसका लागि पनि सुन्तला सेवन फाइदाजनक हुन्छ। साथै सुन्तला शरीरमा कोलेजन उत्पादन बढाउन तथा स्ट्रेस हर्माेन घटाउन सहायक हुन्छ।

भेंडे खुर्सानी
अमिला र साइट्रिकयुक्त फलबराबर भेंडे खोर्सानी पनि भिटामिन सीको राम्रो स्रोत मानिन्छ। साथै यो बिटा र क्यारोटिनले पनि भरिपूर्ण मानिन्छ। भेंडे खोर्सानीमा पाइने खनिज तथा भिटामिनले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउनाका साथै छालाको सुधार तथा आँखा स्वस्थ राख्नसमेत मद्दत पुर्याउँछ। यसले प्रतिरक्षा प्रणाली कमजोर पार्ने अक्सिडेटिभ स्ट्रेस घटाउन पनि यो सहयोग गर्छ। कोरोनाको यो संकटकालीन अवस्थामा भेंडे खोर्सानीको सेवन धेरै किसिमले फाइदाजनक हुन सक्छ।

(नोटः प्रिया पाण्डे दक्ष एवं अनुभवी डाइटिसियन (आहार विशेषज्ञ) हुन्। उनले कानपुरस्थित सीएसजेएम विश्वविद्यालयबाट मानव पोषणमा बीएससी अध्ययन पूरा गरेकी हुन्। उनले कानपुरस्थित आभा सुपर स्पेसलिटी अस्पतालमा आहार विशेषज्ञका रूपमा काम गरेकी छन्। साथै उनले जीएसभीएम मेडिकल कलेजमा पोषण लेक्चर विषयमा प्रतिनिधिका रूपमा भाग लिएकी छन्। पोषण क्षेत्रमा उनको ८ वर्षको अनुभव छ।) स्रोत : अमर उजाला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .