ad ad

समाज


कोरोना संक्रमणका लक्षण थिए, जनकपुरका अस्पताल चहार्दाचहार्दै गयो ज्यान

कोरोना संक्रमणका लक्षण थिए, जनकपुरका अस्पताल चहार्दाचहार्दै गयो ज्यान

शैलेन्द्र महतो
बैशाख २१, २०७८ मंगलबार ५:५५,

धनुषामा अस्पतालले भर्ना लिन नमान्दा कोरोना संक्रमणका लक्षण देखिएका एक बिरामीको मृत्यु भएको छ।

उपचारै नपाएर धनुषाको बटेश्वर गाउँपालिका ४ का ४५ वर्षीय लोकबहादुर परियारको मंगलबार बिहान मृत्यु भएको हो।

चार दिनदेखि ज्वरो, रुघाखोकी लागेका परियारलाई सोमबार राति ८ बजे श्वासप्रश्वासमा समस्या आएपछि एम्बुलेन्समार्फत जनकपुरको प्रादेशिक अस्पताल लगिएको थियो। तर त्यहाँ आइसोलेसन खाली नरहेको भन्दै अन्यत्र लान भनियो।

त्यहाँबाट बिरामीलाई जनकपुरका अन्य केही अस्पताल पुर्‍याइयो। तर कसैले भर्ना लिन मानेनन्। त्यसपछि बाध्य भएर पुनः गाउँकै आरपी मेडिकल हल लगियो। तर त्यहाँ अक्सिजन नभएका कारण उनको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए।

‘उहाँलाई जनकपुर लग्ने बेला नै श्वासप्रश्वासमा समस्या थियो। मैले एम्बुलेन्समा अक्सिजन लगाइदिएको थिएँ।  प्रादेशिक अस्पतालमा भर्ना लिएन। त्यहाँबाट केही निजी हस्पिटल पनि पुर्‍याएँ। तर पहिले नै पैसा डिपोजिट गर्नुपर्छ भन्यो,’ एम्बुलेन्स चालक महतोले नेपालखबरसँग भने, ‘पैसा नभएको कारणले बिरामीका आफन्तले घरमै फर्काउन र आरपी मेडिकल हलमा राख्न भने। त्यहीं राखदिएँ। अवस्था निकै गम्भीर थियो। म अहिले अर्को बिरामी लिएर काठमाण्डु जाँदैछु। बिहान थाहा भयो- उहाँको मृत्यु भयो।’

आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले फर्काएर ल्याएपछि बिहानै बिरामीको मृत्यु भएको बताए। आफ्नो पसलकै अगाडि शव राखेर उनका आफन्त र एम्बुलेन्स गएको उनको भनाइ छ।

मृतकलाई आरपी मेडिकल हलअगाडि सिँढीमै राखिएको छ। 

प्रहरी चौकी बटेश्वरले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .