ad ad

समाज


भारतमा दुई करोड नाघ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए साढे ३ लाख बिरामी

भारतमा दुई करोड नाघ्यो कोरोना संक्रमितको संख्या, एकैदिन थपिए साढे ३ लाख बिरामी

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ५:५१,

गएको २४ घण्टामा ३ लाख ५७ हजार २२९ संक्रमित थपिँदा भारतमा कुल कोरोना संक्रमितको संख्या २ करोड २ लाख ८२ हजार ८३३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै सोही अवधिमा भारतमा ३ हजार ४४९ जनाको मृत्यु भएको छ भने त्यहाँ कुल मृतकको संख्या २ लाख २२ हजार ४०८ पुगेको छ।

यसैबीच भारतमा १ करोड ६६ लाख कोरोनामुक्त भएका छन् भने त्यहाँ १५ करोड ७१ लाख ९८ हजारले खोप लगाइसकेका छन्।

भारत अहिले कोरोनाको हटस्पट हो। अमेरिकापनि भारत धेरै संक्रमित भएको दोस्रो राष्ट्र हो। तर भारतमा यतिबेला सबैभन्दा बढी कोरोना संक्रमित थपिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .