ad ad

समाज


भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान एपीएफ टोलीद्वारा बरामद

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान एपीएफ टोलीद्वारा बरामद

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १२:०,

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–१ बेल्हीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी टोलीले करीव १ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ।

भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बलनेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

बरामद सामान भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले करीव ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चिनी बरामद गरेको छ।

भारतबाट अवैध रुपले ना ५ ख ३७०३ नम्बरको बलेरो पिकअप गाडीमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त चिनी एपीएफ टोलीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ भेडैयास्थित सीमा ईलाकाबाट बरामद गरेको हो।

एपीएफ टोलीले त्यसवेला उक्त गाडी समेत बरामद गरेको छ।

बरामद चिनी तथा गाडी भन्सार कार्यालय मलंगवामा बुझाईएको छ। उक्त गाडीको भन्सार मुल्य ७ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .