ad ad

समाज


उदयपुरमा आजदेखि निषेधाज्ञा

उदयपुरमा आजदेखि निषेधाज्ञा

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार ३:३८,

दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँन थालेपछि उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्मका लागि जिल्लाभर निषेधाज्ञा घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका अनुसार अब प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द गर्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए। सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन्। विवाहमा १५ जनासम्म जन्ती भेला हुन पाइने सेढाईंले बताए।

बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .